मरिण बहुमुखी क्याम्पसबाट एकदिने पिकनिक सम्पन्न - Marin Multiple Campus
Image 1

"त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त"

मरिण बहुमुखी क्याम्पस

मरिण गाउँपालिका-७, महेश्वता, सिन्धुली

Image 2

Slidebar

Photo Slider

Slide 1
BED अध्ययनरत विद्यार्थीहरूको समूहिक तस्विर
Slide 2
अध्ययन अवलोकन भ्रमण सिन्धुलीगढी
Slide 3
अध्ययन अवलोकन भ्रमण कमलामाई मन्दिर

Home Top Ad

"तपाईंको यात्रा, हाम्रो मार्गदर्शन – मरिण बहुमुखी क्याम्पस"

Post Top Ad

LightBlog

Saturday, March 1, 2025

मरिण बहुमुखी क्याम्पसबाट एकदिने पिकनिक सम्पन्न

    सिन्धुलीगढी युद्ध संग्राहलय 

महाभारत श्रृखलाको लगभग ४६४८ फिटको उचाईमा रहेको एतिहाँसिक सिन्धुलीगढी किल्ला सदरमुकाम सिन्धुलीमाढीवाट करिव १६ किलोमिटर उत्तर र राजधानीबाट १ सय ४० किलोमिटर पूर्वमा रहेको छ ! विक्रम संम्बत २०१९-२० सालसम्म सिन्धुली गढी पूर्व दुई नम्बर क्षेत्रको प्रशासकीय केन्द्रको रुपमा परिचित थियो भने पूर्वी तराईका जिल्लादेखि काठमाडाैं जाने सवैले यो पैदल बाटो प्रयोग गर्ने गर्दथे ! सिन्धुलीगढी ऐतिहासिक दृष्टिले समग्र नेपालको इतिहाँसमा महत्वपूर्ण स्थान हो !

यसमा मरिण बहुमुखी क्याम्पस विद्यार्थीबाट अवलोकन गरियो । 

यस मन्दिरमा मकवानी राज्यका राजादेखि इतिहासका विभिन्न समयमा देखिएका शासन प्रशासकहरूले चढाएको वस्तुहरूमा लेखिएको अक्षरहरूबाट यस मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्व थाहा हुन्छ ।

१८८६ सालको माघ महिनामा चाँदीको मुकुट चढाउन तत्कालीन काजी भिमसेन थापा स्वयं कनिष्ट पत्नी भक्त कुमारी सहित आएको कुरा पनि उनले चढाएको चाँदीको मुकुटमा कुँदिएको छ ।
१८८६ सालको माघ महिनामा चाँदीको मुकुट चढाउन तत्कालीन काजी भिमसेन थापा स्वयं कनिष्ट पत्नी भक्त कुमारी सहित आएको कुरा पनि उनले चढाएको चाँदीको मुकुटमा कुँदिएको छ ।
कमलामाई मन्दिरमा प्राय सबै समयमा दर्शनार्थीहरूको भीड लाग्छ तर पनि माघे सङ्क्रान्तिमा यहाँ ठूलो मेला लाग्दछ । यो मेला भर्न नेपाल तथा भारतका समेत तीर्थालुहरू आउने गर्दछन् ।
सिन्धुली कलाघर 

प्राकृतिक सुन्दरताले भरिएको छ सिन्धुली कला घर। यस कला घरमा उभिँदा सिंगो सिन्धुली जिल्ला नै अवलोकन, अध्ययन र अनुसन्धान गर्न सकिन्छ।

यहाँ पुगेपछि लुकेको रत्न कलाकारहरू र जीवनका सबै क्षेत्रका रचनात्मकहरूको लागि आश्रयस्थान हो, यसको शान्त परिवेश र प्रेरणादायक वातावरणमा टक्रक्क बसेझैं लाग्छ सिन्धुली कला घर। यहाँको भित्ताहरू जीवन्त चित्रहरू र मूर्तिकलाहरूले सजिएका छन्, प्रत्येकले एक अद्वितीय कथा बोकेको छ र बताउँछ अनि नेपाली संस्कृतिको सारलाई कैद गर्दछ


No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot